अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल

    मा प्रकाशित


गोरखा, वैशाख ११

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गर्नुभएको छ।

उहाँले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड दिनुभयो। साथै, उहाँले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

छलफलमा सहभागी जनप्रतिनिधिहरूले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीहरूबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवा प्रवाहमा देखिएको कठिनाइ, तथा बजेटको सीमितताजस्ता विषयहरूमा ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष प्रचण्डले उठाइएका समस्याहरूलाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाउनुभयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्