शिक्षक आन्दोलनमा झडप, निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहोरा – Kanika Khabar
Saturday, May 17Nepali News Portal

शिक्षक आन्दोलनमा झडप, निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहोरा

    मा प्रकाशित
तस्बिर  रातोपाटी

काठमाडौँ, १४ वैशाख ।
काठमाडौँ केन्द्रितशिक्षकहरूको आन्दोलनमा आज आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

अन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गरे पनि शिक्षकहरूले नमानेपछि पानीको फोहरा हानेको छ ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्