सरकार र आन्दाेलनरत शिक्षकबिच सहमति गर्ने तयारी – Kanika Khabar
Saturday, June 13Nepali News Portal

सरकार र आन्दाेलनरत शिक्षकबिच सहमति गर्ने तयारी

    मा प्रकाशित

काठमाडौं, १६ वैशाख ।
सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबिच आज मङ्गलबार पुनः वार्ता हुने भएकाे छ । हिजाे साेमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको हाे । सम्भवतः आजकाे वार्ताबाट सहमति कायम हुने विश्वास दुबै पक्षले गरेका छन् ।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

हिजो राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार राति सहमति हुन नसकेको हो।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो।

शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्