दाउन्ने सडकखण्ड : राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द – Kanika Khabar
Saturday, June 13Nepali News Portal

दाउन्ने सडकखण्ड : राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द

    मा प्रकाशित

काठमाडौँ, १६ वैशाख ।

पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड आजदेखि रातभरिका लागि बन्द हुने भएको छ। दाउन्नेको सडकखण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा सवारी रोकेर मर्मतको काम हुनेछ। आगामी वैशाख ३१ गतेसम्म रातको समयमा सवारी आवागमन रातभरिका लागि रोकिएको हो।

यो सडकखण्डका कारण राजमार्ग नै पूरै अस्तव्यस्त हुने गरेको छ। यसअघि पनि दिउँसोको समयमा सवारी रोकेर काम गरिएको थियो।

निकै जोखिमपूर्ण मानिने यो खण्डको लगभग १४ किलोमिटर सडक मर्मत भइरहेको छ। अहिले यो सडकलाई तीन लेनको बनाउन थालिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्