गायक तथा मोडेल मधुसूदन ओलीको ‘तारा मागे तारा दिउँला,’ गीत सार्वजनिक – Kanika Khabar
Friday, June 12Nepali News Portal

गायक तथा मोडेल मधुसूदन ओलीको ‘तारा मागे तारा दिउँला,’ गीत सार्वजनिक

    मा प्रकाशित

शिव राज खनाल
दाङ, १७ बैशाख ।

गायक तथा मोडेल मधुसुदन ओली र गायिका माण्डवी त्रिपाठीको स्वर रहेको ‘तारा मागे तारा दिउँला,’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको ‘मधुसूदन ओली’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

आधुनिक अथवा लोकपप सैलिमा रहेको प्रेमिल गीतमा केटाकेटी दुवैले एकअर्कालाई धेरै माया गर्ने तर अर्को जुनीसम्म कुर्न नसक्ने कुरा व्यक्त गर्दै ूअर्को जुनी बरु अरु कसैलाई देउ तर यो जुनी चाहिँ मलाई नै होू भनेर गित मार्फत ब्यक्त गर्न खोजेका छन् ।

गीतको शब्द संगीत एरेन्ज तथा गायन राम्रो हुनुका साथसाथै म्युजिक भिडियो पनि एकदमै उत्कृष्ट बनेको निर्माण टोलीको दाबी छ । लोकपप शैलीमा बनेको गीत साह्रै कर्णप्रिय पनि छ। त्यस्तैगरी यो गीतमा अहिलेकी चर्चित नायिका उषा उप्रेतीले साथ दिएकी छिन ।

भिडियोको निर्देशन गीतकार तथा संगीतकार बिपिन आचार्यले गरेका छन भने छायांकन, सम्पादन विजय रूम्बा लामाको रहेको छ । मेकअपमा सुजता थापा मगरको साथ छ ।

गीतमा अहिलेकी चर्चित मोडल उषा उप्रेती ,पुरुष मोडलमा गायक मधुसुधन ओली र गायक तथा मोडेलका दाइ गोविन्दकुमार ओलीको रहेको छ। भिडियोको छायाङ्कन काठमाडौँका विभिन्न ठाउँहरूमा विशेष गरी ह्वाइट गुम्बा अनि रानी वनमा रहेको रानी वन पार्कमा गरिएको हो। यस गीतको भिडियोको रिलिज गत मङ्गलबार गरिएको हो ।

भिडियोले प्रेम कथा प्रस्तुत गरेको मोडल गोबिन्द कुमार ओली बताउछन । उनले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताए । निर्माण टिमले एकदमै मेहनत गरेर यो गीत दुई दिन लगाएर छायांकन गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्