पाकिस्तानमा सशस्त्र झडप, ५ प्रहरीसहित ७ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पाकिस्तानमा सशस्त्र झडप, ५ प्रहरीसहित ७ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी । पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा ५ प्रहरीसहित ७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मङ्गलबार बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पु¥याइएको थियो ।

उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ । यद्यपि आक्रमणकारी घटनास्थलबाट भागेकोले समाचार तयार पार्दासम्म आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गर्न नसकेको बताइएको छ ।

घटनाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्