राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान – Kanika Khabar
Friday, June 12Nepali News Portal

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान

    मा प्रकाशित

दाङ । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ शाखा र लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा रक्तदान कार्यक्रम राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष रेशम गिरी, पूर्व केन्द्रीय लेखा समिति सदस्य डा. भीमसेन गिरी, प्रदेश सहसचिव कर्ण बहादुर पुन मगर, जिल्ला अध्यक्ष धर्म बहादुर के.सी., सचिव धनेश्वर चौधरी, कोषाध्यक्ष ई मालती दशौती लायन्स क्लव र लियो क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा अध्यापनरत शिक्षक तथा अध्ययनरत विद्यार्थीले गरी २३ जनाले रक्तदान गरेको छन् । रक्तदान गर्नेहरुमा कर्ण बहादुर पुन मगर, ई. मालती दशौती, कृष्ण विश्वकर्मा, संजय थापा, रमेश कार्की, महिमा गिरी, प्रविण चौधरी,जोनसन गिरी, राजु गिरी, जोतेन्द्र कुमार यादव, आयुष बेल्बासे, गङ्गा कुँवर, रामचन्द्र जि. सी., रोशन थापा, प्रविण चौधरी, योगेन्द्र बोहरा, हिमाल राज जैसी, समित चौधरी, समिर शाही, रेनु कुमारी चौधरी, विनोद पोख्रेल, सिशन्त के.सी. र रमेश खत्री रहेका थिए ।

साथै राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को सप्ताह अनुुसार मिति २०८२ साल वैशाख १६ गते तेरौटे स्थित बृद्धाश्रममा फलफूल वितरण, वैशाख १७ गते राप्ती इञ्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम, वैशाख १८ गते मेचीकाली आवासीय स्कुलमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, वैशाख १९ गते घोराहीमा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने क्यान महासंघ दाङका सचिव धनेश्वर चौधरीले बताउनुभयो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्