डिजिटल एडिक्सनको कथा ‘झिल्को’ – Kanika Khabar
Thursday, June 25Nepali News Portal

डिजिटल एडिक्सनको कथा ‘झिल्को’

    मा प्रकाशित

काठमाडौं, १९वैशाख ।

प्रविधि आफैँ खराब होइन तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कलाकार विशाल पोखरेल बताउनुहुन्छ । यस्तै विषयवस्तुलाई लिएर उहाँ अभिनीत चलचित्र झिल्को शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

उहाँ भन्नुहुन्छ, “चलचित्रको कथा मेरो परिवारमा मोबाइलले गर्दा घटेको घटनासँग मेल खान्छ ।” उहाँ थप्नुहुन्छ, “झिल्कोलाई हामीले विम्बका रूपमा लिएका छौँ । ८४ हजार जीवमध्ये मान्छे मात्रै यस्तो जीव हो, जसले आगोलाई नियन्त्रण गरेर आफ्नो अनुकूलको वातावरण सिर्जना गरेर उपयोग गर्न सकिरहेको छ । त्यस कारण पनि मोबाइल अथवा अन्य प्रविधिलाई झिल्कोका रूपमा लिइएको पोखरेलले बताउनुभयो । बालबालिकामा पर्ने असरका बारेमा अहिलेको समाजले नसोचेको हो जस्तो हामीलाई महसुस भयो । उहाँले बालबालिकामा डिजिटल ग्याजेटको लत लाग्नुमा अभिभावक पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।

“यो घर घरमा देखिने कथा हो । यो सबैको साझा कथा हो । मेरो पनि बच्चा मोबाइल बोकेर स्कुल गएको हो,” उहाँले भन्नुभयो, “बच्चाले मोबाइल लिएर आएको छ भनेर मलाई स्कुलमा तुरुन्त आउनु प¥यो भनेर बोलाइयो । म मोबाइल फिर्ता लिन स्कुल गएको समय त्यहाँ थुप्रै अरू मोबाइल पनि थिए । त्यसमाथि मेरो बच्चा पाँच वटा विषयमा फेल पनि भएको थियो । ट्युसन राख्दा राख्दै पनि बच्चा कसरी फेल भयो भन्दा मुख्य कारण  ‘मोबाइल’ र ट्याब नै रहेको निष्कर्ष निकालेँ ।” यसले बच्चामा डिजिटल एडिक्सनको प्रभाव परेको प्रस्ट देखिने उहाँले बताउनुभयो ।

आजको डिजिटल युगमा मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् तर यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ । यादव कुमार भट्टराई निर्देशित चलचित्रमा करिब १३ वर्ष पनि रङ्गकर्मी सुनील पोखरेल शिक्षकका रूपमा देखिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्