विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धमा गठित उपसमितिको समय थप – Kanika Khabar
Saturday, June 13Nepali News Portal

विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धमा गठित उपसमितिको समय थप

    मा प्रकाशित

काठमाडौँ, २२ वैशाख ।
विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले १० दिनका लागि समय थप गरेको हो ।

उपसमितिले एकसरो छलफल गरेर सकिसकेको अवस्थामा अब विधानत रूपमा हेर्नुपर्ने, क्रस रेफरेन्स चेक गर्नुपर्ने भएकोले उपसमितिको म्याद थपका लागि आज प्रस्ताव गरिएको थियो ।

हतार गर्दा मिसिङ हुने, छुट्ने र बिग्रने खतरा रहेको हुनाले सबै तथ्याङ्कहरूलाई अगाडी राखेर प्रतिवेदनमा अथवा उपसमितिको विषयलाई र त्यसलाई ट्यालि गरेर हेर्नुपर्ने हुँदा ८–१० दिनको समय थपिएको छ ।

उपसमितले छलफल गरेका विषयलाई सचिवालयले तयारी गरिसकेपछि फेरि उपसमितिमा पेस गर्ने र उपसमितिले एकपटक छलफल गरेर प्रतिवेदनलाई पारित गर्ने जस्ता कामहरू बाँकी रहेका छन् । छलफल गरेर पहिलो चरणको निष्कर्ष निकालिएपनि लेखनको कार्य भइरहेकोले उपसमितिले प्रतिवेदनलाई फाइनल रूपमा पारित गर्नका लागि समय थपिएको हो ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै २९ दिनसम्म सडक प्रर्दशन गरेपछि चालु अधिवेशनबाटै पारित गर्ने प्रतिबद्धता जनाइएको छ । समिति सभापति थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौलाले असार १५ भित्रै विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरूको प्रतिबद्धतासहित मन्त्रिपरिष्दबाट शिक्षकका वृत्ति विकास सम्बन्धी केहि माग सम्बोधन भएपछि आन्दोलन स्थगित गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्