परिषद्को ७४ औं छन्द सङ्गम – Kanika Khabar
Monday, May 25Nepali News Portal

परिषद्को ७४ औं छन्द सङ्गम

    मा प्रकाशित


गोविन्द खड्का
घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित छन्द सङ्गम ७४ औं शृङ्खला शुक्रवार घोरहीमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष एम रेग्मीको अध्यक्षता एवं वरिष्ठ साहित्यकार छन्द कवि प्रज्ञासभा सद्स्य उत्तमकृष्ण मज्गैंयाको प्रमुख आतिथ्यमा भएको थियो ।

यसैगरी विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल , परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले , वरिष्ठ साहित्यकार गणेश विषमले मन्तव्य व्यक्त गर्नुभयो । समिक्षक वरिष्ठ साहित्यकार नारायण नेपालले हुनुहुन्थ्यो । सो अवसरमा साहित्यकार गणेश विषम, खगराज न्यौपाने, डिल्लीराज श्रीधर, एकराज अधिकारी, धन सिंह गिरि, दामोदर पौडेल, महेश न्यौपाने, शुरेश कुमार पाण्डे, विणा रोका, हरिप्रसाद पौडेल स्वर्णशिखा, शुरेश गौतन, डा हिमलाल पन्थी, अर्जुन सर, नारदप्रसाद भण्डारी , सरिता देवकोटाले कविता वाचन गर्नुभयो । दङाली जादुगर प्रभुराम चौधरीले जादु देखाउनु भएको थियो । उपाध्यक्ष शुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव घनश्याम के सीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्