पहिरोले घर पुर्दा दाङमा दुई जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पहिरोले घर पुर्दा दाङमा दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ
दाङमा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । वर्षात्का कारण घरमाथि आएको पहिरोले पुर्दा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २४ वर्षका बाटुली नेपाली र उहाँका २ वर्षका छोरी आयुस्मा नेपालीको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । घरमा पाँच जनाको परिवार रहेकोमा अरू तीन जना भने सकुसल रहेको उहाँले बताउनुभयो । पहिरोले घरको आधाभाग पुरेको हो । वर्षात्का कारण बिहान ३ बजेतिर घरमाथीबाट पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो । बङ्गलाचुलीका अधिकांश भाग पहिरोको जोखिममा रहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्