भारतले दुई हप्ता लकडाउन थप गर्ने, ‘ग्रिन’ तथा ‘ओरेन्ज’ जोनमा खुकुलो बनाउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतले दुई हप्ता लकडाउन थप गर्ने, ‘ग्रिन’ तथा ‘ओरेन्ज’ जोनमा खुकुलो बनाउने

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १९, दाङ ।
भारत सरकारले लकडाउन दुई हप्ता थप गरेको छ । शुक्रबार भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै लकडाउन थप गर्ने घोषणा गरेको हो । साथै लकडाउन अवधिभर हवाइ सेवा, टे«न, इन्टर स्टेट बस सेवा, कलेज तथा विद्यालयहरु बन्द रहने समेत गृह मन्त्रालयको विज्ञप्तिमा बताइएको छ ।

भारतमा लगातर ४० दिनको लकडाउन अवधि मे ३ मा सकिदै छ । यसैबिच आज लकडाउन थप गर्ने गृह मन्त्रालयले बताएको हो । अब थपिएको अवधिमा ‘ग्रिन’ तथा ‘ओरेन्ज’ जोनमा लकडाउन शर्तका साथ केही खुकुलो बनाउने जनाएको छ तर सामाजिक दूरी पहिलेको झै कायम गरिने छ । गह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको ‘अहिले सम्मको लकडाउन नागरिकको स्वास्थ्यका लागि निकै लाभदायक भएको छ, त्यसकारण ४ मे बाट लागू हुने गरी दुई हप्ता लकडाउनको अवधि थप गरिएको हो ।’ भारत सरकारले रेड, ग्रिन र ओरेन्ज क्षेत्रका लागि अलग अलग लकडाउनको नियम बनाएको छ भने गिन र ओरेन्ज जोनका लागि प्रशस्त छुट दिने योजना पनि बनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १७ सय २४ जनामा सङ्क्रमण देखिएको छ भने ७७ जनाको मृत्यु भइसकेको छ । कोभिड १९ बाट भारतमा हालसम्म ३५ हजार ३ सय ६५ जना सङ्क्रमित रहेका छने भने ११ सय ५२ जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ९ हजार ६५ जना निको भइसकेका छने भने एक जना देश छोडेर नै गइसकेका छन् ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्य मन्त्रीहरुसँग लकडाउन तथा कोभिड १९ का बारेमा परामर्श गरेका थिए । साथै अझै लकडाउन थपिने र यसलाई प्रभावकारी बनाउन सबैलाई निर्देशन पनि दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्