नेपालले बहराइनलाई ६ विकेटले हरायो – Kanika Khabar
Thursday, June 12Nepali News Portal

नेपालले बहराइनलाई ६ विकेटले हरायो

    मा प्रकाशित

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । नेपालको जितमा कप्तान इन्दु बर्मा नायक बनिन् । उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जित दिलाइन् । उनले ७ बलमा २४ रन जोडिन् ।

पानी परेर ७ ओभरमा छोट्टाइएको खेलमा नेपालले जितका लागि ५६ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमै पुरा गर्‍यो । नेपालका लागि कप्तान बर्माले नटआउट २४, उपकप्तान पूजा महतोले १३ र सम्झना खड्काले ५ रन बनाइन् ।

रुविना क्षेत्री ४ रनमा नटआउट रहिन् । रुवि पोदारले एक रनको योगदान दिइन् ।

बहराइनका लागि पवित्र शेट्टीले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको थियो ।

थरंगा गजनायकेले १२ रन बनाइन् । रसिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन भने दीपिका रासंगिकाले २३ रनको योगदान दिइन् । जेनेब फाजलीले ४ रन बनाउँदा अबिरा वारिसले १ रन थपिन् । नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् । बहराइन तीन ब्याटर रन आउट भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्