घोराही, जेठ १ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा बिहिबारदेखि सुरु भएको छ । युरोलोजीष्ट(एमसिएच) सर्जन डा. सुशील खनियाले सो सेवा सुरु गर्नु भएको हो ।
अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीले प्रतिष्ठानमा अबदेखि युरोलोजि सेवा पनि थपिएको जानकारी दिनु भयो । अबदेखि युरोलोजी सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरी, पिसावको नली, थैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने युरोलोजिष्ट डा. खनियाले बताउनुभयो ।
खनिया लामो समयदेखि युरोलोजी सेवामा काम गरेको अनुभबी चिकित्सककोरुपमा परिचित हुनुहुन्छ ।अस्पतालका निमित्त निर्देशक डा. पन्थीले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । युरोलोजिष्ट डा खनिया बिहिबार नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।