लीलादेवी सिटौलाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण – Kanika Khabar
Tuesday, March 9Nepali News Portal

लीलादेवी सिटौलाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


    मा प्रकाशित

कनिका खबर
साउन १४, काठमाडौँ ।
जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराए ।

संविधान संशोधन प्रस्तावमा पार्टी ‘ह्वीप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद भएका हुन् । ललितपुर महानगरपालिका वडा नम्बर–१३ निवासी सिटौला तत्कालीन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा सिफारिस भएकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्