झापामा मास्क नलगाउनेलाई जरिवाना – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

झापामा मास्क नलगाउनेलाई जरिवाना

    मा प्रकाशित

ज्ञानेन्द्र निरौला
साउन १४, झापा ।
झापामा मास्क नलगाउने ब्यक्तिले अब एक सय रुपंया जरिवाना तिर्नु पर्ने भएको छ । कोभिड १९ सङ्क्रमण नियन्त्रण जिल्ला स्तरिय समितिको आज बुधबार बसेको बैठकले झापामा मास्क नलगाइ हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिएको आशंका गरिएपछि झापामा स्वास्थ्य सुरक्षाका बिषयमा थप कडाइ गर्नु पर्ने अवस्था आएको भन्दै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना लिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए । जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको र मास्क नलगाउनेबाट प्रहरीले अशुल गरेको जरिवानाको रसिद दिने र उक्त रकम सरकारी राजश्व खातामा जम्मा गर्ने निर्णय भएको राईले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्