लगातार वर्षाका कारण कैलालीमा सयौं परिवार विस्थापित – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

लगातार वर्षाका कारण कैलालीमा सयौं परिवार विस्थापित

    मा प्रकाशित

कनिका खबर
साउन १४, कैलाली ।
लगातार परिरहेको वर्षाका कारण कैलालीका अधिकांश स्थानीय तहका विभिन्न गाउँबस्ती डुबानमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा बाढी गाउँ पस्दा दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि जिल्लाकोे भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् । यस्तै टीकापुर, सति क्षेत्रमा पनि दर्जनौ परिवार डुबानमा परेका छन् । यता लम्कीचुहा, जानकी र बर्दगोरीका विभिन्न वडाहरु समेत जलमग्न भएका छन् ।
लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ को व्यवस्थीत नगर गाउँमा ७० प्रतिशत घर डुबानमा परेको, घरभित्र बाढी पस्दा खाद्यान्न, लत्ताकपडा, भाडाकुडा बगाएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए । लम्कीचुहा ३ वादी बस्तीमा रहेका एक सय बढी घरमा बाढी पसेको र स्थानीयहरु राजमार्गमा आएर बसेका छन् । चिसापानीमा खहरे खोलाको पानी घर पस्दा २०÷२५ घरहरुमा क्षती पु¥याएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्