बाजुराको बार्जुगाडमा पहिरोः यातायाका साधन अवरुद्ध – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाजुराको बार्जुगाडमा पहिरोः यातायाका साधन अवरुद्ध

    मा प्रकाशित

कनिका खबर

साउन १४, बाजुरा ।

लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक अन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ । अस्ति रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य संघ बाजुराले जनाएको छ । लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो ।

वर्षाकै कारण हरेक दिन नयाँ विकल्पसहित सडक निर्माणको काम शुरु गर्नुपर्ने बाध्यताले सञ्चालनमा ढिलाइ हुने सडक डिभिजन कार्यालय साँफेका इञ्जीनियर दमन विष्टले जानकारी दिनुभयो । तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्ने क्रम जारी भए पनि वर्षाले समस्या पारेको विष्टको भनाइ छ । असार अन्तिम सातादेखि अवरुद्ध साँफे–मार्तडी सडक अझै खुल्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्