नेकपामा आन्तरिक विवाद झन् बढ्दै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नेकपामा आन्तरिक विवाद झन् बढ्दै

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं
प्रमुख दुई ठूला पार्टी नेकपा र नेपाली काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै गएको छ । सत्तारूढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड–नेता नेपाल समूहबीचको टकरावका कारण पार्टी एकताले पूर्णता पाउन सकेको छैन भने काँग्रेसमा महाधिवेशन नजिकिँदै भइरहेका गुटगत चलखेलका कारण विवाद सतहमा आउन थालेको छ । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निस्कर्ष निकाल्नुको साटो गुटमा ध्रुविकरण देखिन थालेको छ । प्रचण्ड–नेपाल समूहमा रहनुभएका उपाध्यक्ष बामदेव गौतम ओलीतर्फ लागेपछि सचिवालयको बैठकबाट नै पार्टीको विवाद मिलाउने रणनीतिमा ओली देखिनुभएको छ । यसबीचमा नेकपाका एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । पार्टी कार्यालयमा हिजो लिखित पत्र दर्ता गरेका उनीहरूले एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठकले कुनै निस्कर्ष निकाल्न नसकेका कारण केन्द्रीय कमिटीको बैठकबाट निस्कर्षमा पुग्नका लागि नेतृत्वलाई आग्रह गरेका हुन् । केन्द्रिय कमिटिको बैठकमा छलफल गरी विधि पद्धति बमोजिम गर्नुपर्नेमा आफूहरुले माग गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले सीआईएनलाई जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरूको माग छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्