४ महिनासम्म बन्द भएका होटल आजबाट खुल्दै – Kanika Khabar
Monday, August 24Nepali News Portal

४ महिनासम्म बन्द भएका होटल आजबाट खुल्दै

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं
लकडाउनका कारण चार महिनासम्म बन्द भएका होटलहरू आजबाट सञ्चालन हुने भएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि होटलसँग आवद्ध सङ्गठनहरूले आजबाट होटल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ, पोखरा, सौराहा, नेपालगञ्ज लगायत मुख्य ठूला बजारमा होटल खुल्न थालेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश दिन लागिएको जानकारी दिनुभयो । सैराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भइरहेको बताउनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्