नेदरल्याण्डसमाथि नेपाल १६ रनले विजयी – Kanika Khabar
Monday, July 14Nepali News Portal

नेदरल्याण्डसमाथि नेपाल १६ रनले विजयी

    मा प्रकाशित

काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १६ रनले पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४९.२ ओभरमा अल आउट हुदै २२० रन बनाएको हो ।

नेदरल्याण्डसका लागि वेसली बारेसीले सर्बाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० रन बनाएका थिए ।  त्यस्तै माइकल लेभीटले २७, कील क्लेइनले २५, नोअह क्रोएसले २२ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर नन्दन यादवले आफ्नो एकदिवसीय  खेलमा डेभ्यु गर्दै ३ विकेट लिएका छन् । नन्दनले ९ ओभरमा एक मेडनसहित ३९ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामीछानेले ३, ललित राजबंशीले २ तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको थियो ।  नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाएका थिए । त्यसैगरी नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन बनाएका थिए भने कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११-११ रन बनाएका थिए । त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए ।

यो जितपछि नेपालले महत्वपूर्ण २ अंक हासिल गर्दै लिग-२ मा १६ खेलमा १२ अंक हासिल गरेको छ र सातौं स्थानमा रहेको छ । नेपालले यस सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ ।

त्यस्तै नेदरल्याण्डसको २३ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्