फुल्पिङकट्टी पहिरोमा बेपत्तामध्ये दुईजनाकै शव भेटियो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

फुल्पिङकट्टी पहिरोमा बेपत्तामध्ये दुईजनाकै शव भेटियो

    मा प्रकाशित

कनिका खबर
साउन १५, सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपत्ता दुबै जनाको शव भेटिएको छ । पहिरोमा परि हराईरहेका ४८ वर्षीया सेमसाङ शेर्पा र ८५ वर्षका सुमबुट्टी शेर्पाको शव हिजो भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । खोज तथा उद्दारको काम जारी राखेकोमा बुधबार शव भेटिएको उहाँले बताउनुभयो । साउन १ गते फुल्पिङकट्टीमा पहिरो जाँदा पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा स्थानीय गेन्जेन शेर्पाका आमा ८५ वर्षीया सुमबुट्टी, श्रीमती ४० वर्षीया सेमसङ्ग, बहिनी ३५ वर्षीया साङ्मुसहित छोरी १४ वर्षीया छिरिङवाङ्गु र १६ वर्षीया याङ्जी बेपत्ता भएका थिए ।

तीनजनाको शव सोही दिन भेटिए पनि बाँकी दुई जना बेपत्ता रहेका थिए । गएको बिहीबार र पहिरो झरेको दिन गरी ३ जनाको शव फेला परिसकेको थियो । अहिले बाँकी दुईको पनि शव पुरिएको अवस्थामा फेला परेको होे । सशस्त्र प्रहरी, नेपाली सेनासहित अन्य सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयसँग मिलेर बेपत्ताको खोजी भइरहेको थियो । पहिरोले स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा क्षति पुगेको छ भने ६० परिवार विस्थापित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्