अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य – Kanika Khabar
Monday, July 14Nepali News Portal

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

    मा प्रकाशित
काठमाडौँ । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधबार मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन निर्देशन दिएपछि अनेक अड्कलबाजी भइरहेको छ ।

मंगलबार न्यूयोर्कमा दिउँसोको व्यापारमा अन्तर्राष्ट्रिय तेल मानक ब्रेन्ट क्रूडको मूल्य यसको स्तरबाट पाँच प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर पुगेको थियो । अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको छ ।

केही घण्टा अघि डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग जारी वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको थियो।

राष्ट्रपति ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका थिए- ‘अमेरिकी कर्मचारीहरू मध्य पूर्व छोड्दैछन् । यो खतरनाक ठाउँ हुन सक्छ । हामी के हुन्छ हेर्नेछौं । इरानसँग आणविक हतियार हुन सक्दैन । हामी यो हुन दिने छैनौं ।’

अमेरिका इरानलाई कूटनीति पहलबाट आणविक हतियार प्राप्त गर्न रोक्न असफल भएमा सैन्य विकल्पहरू विचार गर्न सक्ने दाबी गरिएको छ । इजरायलले पनि इरानविरुद्ध कारबाही गर्ने धम्की दिएको छ । इरान दशकौंमा आफ्नो सबैभन्दा कमजोर स्थितिमा छ र यस्तो अवस्थामा आक्रमण गर्ने अवसर रहेको इजरायलको बुझाई रहेको छ ।

इरानका रक्षामन्त्रीले उनको देशले कुनै पनि आक्रमणको जवाफ ‘बिना हिचकिचाहट’ दिने बताएका छन् । यी कथनहरूको तेल बजारमा प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरिएको छ ।

इरानलाई नयाँ आणविक सम्झौतामा पुग्न तोकिएको समय पनि आज सकिँदैछ । ट्रम्पले इरानलाई यो सम्झौतामा पुग्न ६० दिनको समय दिएका थिए । एभरेष्ट न्यूज एजेन्सी

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्