मा प्रकाशित
काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।
मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान
दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।