गृहमन्त्री र स्वास्थ्य मन्त्रीले राजीनामा माग – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

गृहमन्त्री र स्वास्थ्य मन्त्रीले राजीनामा माग

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौँ ।
गृह मन्त्रालयमा सूचनाको हक सम्बन्धी निवेदन दर्ता गर्नको लागि सिंहदरबारको गेटमा अनुमति पत्र पर्खेर बसेका इनफ इज इनफका अभियन्तालाई अपहरण शैलीमा पक्राउ गरेको तथा छोड्ने क्रममा उनीहरूमाथि दुव्र्यवहार भएको भन्दै विवेकशील नेपाली दलले निन्दा र घोर भत्सर्ना गरेको छ । यस कार्यका लागि आदेश दिने अधिकारी तथा त्यस आदेशको पालना गर्ने प्रहरी टोलीमाथि आवश्यक छानबिन गर्न विवेकशील नेपाली दलले राष्ट्रिय मानव अधिकार आयोगसँग पनि आग्रह गरेको छ । दलले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको राजीनामाको माग गरेको छ ।
मुलुकी ऐन लगायत प्रचलित कानूनले कुनै व्यक्तिलाई अधिकार प्राप्त निकायबाट प्रक्राउ गर्ने तथा हिरासतमा राख्ने र छोड्ने आधार र विधिको उल्लेख गरेको भन्दै प्रहरी लगायत अधिकार प्राप्त निकायले आफूलाई प्रदान गरिएको अधिकार प्रयोग गर्दा तोकिएको विधि र मर्मको ख्याल राख्नु नै कानूनी तथा सभ्य समाजको द्योतक रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसरी विधि विधानको पालना नगरीकन कसैलाई पनि गिरफ्तार गर्नु, हिरासतमा राख्नु तथा त्यहाँबाट छोड्दा दुर्व्यव
हार गर्नु देश प्रहरी राज्य बन्ने खतरातर्फ उन्मुख संकेत रहेको विवेकशील नेपाली दलले बताएको छ । नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेकाले सो बमोजिमको कार्यका लागि जाँदा समेत पक्राउ गरिनु कुनै हालतमा स्वीकार्य नरहेको उल्लेख छ । यस्तै इनफ इज इनफका अभियन्ताको पहिलो सत्याग्रहलाई अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको इमानदारीपूर्वक पालना नगरिनु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । जनस्वास्थ्यको ख्याल गर्दै १२ बुँदेमा युवा सत्याग्रही ‘ई’ र पुकार बमलाई धोका दिने स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिनु पर्ने दलले माग गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्