पछिल्लो २४ घण्टामा भारतमा ५२ हजारभन्दा बढी सङ्क्रमित फेला – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पछिल्लो २४ घण्टामा भारतमा ५२ हजारभन्दा बढी सङ्क्रमित फेला

    मा प्रकाशित

कनिका खबर

साउन १५, दाङ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड (१९) का ५२ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार एक सय २३ नयाँ सङक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ लाख ८४ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना भाइरसका कारण भारतमा सात सय ७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ हजार नौ सय ६८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्