पहिरोले अवरुद्ध त्रिदेशीय मार्ग पनि सञ्चालनमा – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

पहिरोले अवरुद्ध त्रिदेशीय मार्ग पनि सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
साउन १६, नुवाकोट ।
अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध त्रिदेशीय मार्ग अन्र्तगतको त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी मार्ग सुचारु भएको छ । पहिरोले अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक ६ दिनपछि सञ्चालनमा आएको हो । छिमेकी चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको कुलुङमा क्षेत्रमा झरेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पहिरोले अवरुद्ध भएको त्रिशूली–स्याफ्रु–रसुवागढी सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार लगातारको प्रयाससँगै पहिरो पन्छाउने काम सकिएपछि सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक खुलेसँगै भन्सार जाँचपास भएर रोकिएका कन्टेनर काठमाडौं जान थालेका छन् । डिएसपी सुवेदीका अनुसार सो स्थानमा दैनिकजसो पहिरो जाने गरेको छ । बर्खा सुरु भएपछि पटक÷पटक त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक अवरुद्ध हँदै आएको छ । तीन साताको अवधिमा सो सडक सात पटक अवरुद्ध भइसकेको छ । लामो समयदेखि बर्खाको समयमा अवरुद्ध हुँदै आएको पासाङ ल्हामुमार्ग भने अवरुद्ध भएको छैन । उता, पहिरोकै कारण रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक भने साउन १ गतेदेखि नै बन्द छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्