चन्द्र बहादुर बुढाको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चन्द्र बहादुर बुढाको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
नेपाली कांग्रेस घोराही १५को आयोजनामा जन जागृती टोल निवासी नेपाली कांग्रेसका शुभच्न्तकहरू शिब कुमार बुढा र गंगा बुढाका पुजनीय पिता स्व.चन्द्र बहादुर बुढाको १३ औ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस घोराही १५ का इकाई सभापति श्री प्रकाश श्रेष्ठको सभापतित्व तथा घोराही उप महनगरपालीका वडा नं १५ का वडाध्यक्ष श्री रमेश कुमार पान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वर्गद्वारी २ का सभापति देबेन्द्र बुढा मगर, तरूण दलका केन्द्रीय प्रतिनिधि द्रोण बहादुर घर्र्ती, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, नेविसंघ क्षेत्र नं २ का सभापति तिलक रावत, नेपाली कंग्रेस घोराही १५ का उपसभापति पदम शर्मा, नेपाली काङ्ग्रेस घोराही १५ का सचिव लेखराज बुढाथोकी, सह सचिव सुनिल देवकोटा लगायत ले श्रद्धान्जली मव्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सह सचिव शिशिर अधिकारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्