निकाससहितको छलफलमा बसौँ :प्रचण्ड – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

निकाससहितको छलफलमा बसौँ :प्रचण्ड

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
सत्तारुढ दल नेकपाभित्र बढ्दै गएको विवाद सतहमा आएको छ । सहमतिका थुप्रै प्रयासहरु भए पनि छलफलले अर्थपूर्ण निर्णय लिन नसक्दा विवाद झनझन चर्किदै जान थालेको छ । यसै सन्दर्भमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाससहितको छलफलमा बस्न प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्