मा प्रकाशित
कनिका खबर
साउन १६, दाङ ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा विराटनगर महानगरपालिकामा भोलि शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
आज शुक्रबार नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकबाट कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन निर्णय गरिएको हो ।