अब ज्ञानज्योतिमा व्यवस्थापन र शिक्षा समूहको पठनपाठन – Kanika Khabar
Monday, July 14Nepali News Portal

अब ज्ञानज्योतिमा व्यवस्थापन र शिक्षा समूहको पठनपाठन

    मा प्रकाशित


दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्ब। १३ मा रहेको ज्ञानज्योति एजुकेसनल एकेडेमी प्रालिले यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन र शिक्षा समूहका कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले शैक्षिकसत्र २०८२ देखि व्यवस्थापन र शिक्षाक समूहतर्फ कक्षा ११ मा भर्ना खुला गरेको जानकारी गराएको हो ।

२०६६ सालमा स्थापना भएको ज्ञानज्योति एजुकेसनल एकेडेमीले हालसम्म प्लेग्रुपदेखि कक्षा १० सम्म पठनपाठन गर्दै आइरहको र यस शैक्षिकसत्र २०८२ देखि कक्षा ११ मा व्यवस्थापन र शिक्षा समूहका कक्षाहरु सञ्चालन गर्न गइरहेका विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद बुढा मगरले बताउनुभयो । उहाँले विद्यालय स्थापनाकालदेखि नै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै ब्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयले विद्यार्थी र अभिभावकहरुको मागलाई मध्यनगर गरी कक्षा ११ तर्फ व्यवस्थापन र शिक्षा समूहतर्फ भर्ना खुला गरिएको जानकारी दिनुभयो । विद्यालयले पहिलो वर्ष व्यवस्थापन र शिक्षा समूहतर्फ १/१ सेक्सनका कक्षा सञ्चालन गर्ने र आगामी शैक्षिकसत्रदेखि दुबै समूहका सेक्सनहरु वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो ।

यस विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि फारम खुला गरिसकेको र यही असार २३ गतेभित्र फारम बुझाउन सक्नेछन् । प्रवेश परीक्षा असार २५ बिहान ७ बजे हुने र परीक्षाको नतिजा असार २६ गते बिहान ७ बजे प्रकाशित हुने विद्यालय प्रशासनले बताएको छ । प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरु असार २७ गतेदेखि ३२ गतेसम्म भर्ना भएर २०८२ साउन ४ गतेदेखि पठनपाठनमा सहभागी हुन सक्ने विद्यालयले जनाएको हो । शैक्षिकसत्र २०८१ सालको एसइई परीक्षामा सम्मिलित भएका यस विद्यालयका विद्यार्थीहरु विभिन्न जिपिए ल्याएर शतप्रतिशत उत्तीर्ण भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्