हामीलाई खेदेर पार्टी बलियो हुँदैन- रामहरि खतिवडा – Kanika Khabar
Monday, July 14Nepali News Portal

हामीलाई खेदेर पार्टी बलियो हुँदैन- रामहरि खतिवडा

    मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र एकले अर्कालाई खुइल्याउने र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।

जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा खतिवडाले पार्टी सभापति, उपभापति, महामन्त्रीलगायत केन्द्रीय सदस्यलगायतलाई पार्टीकै सदस्यहरूबाट खुइल्याउने र कमजोर पार्ने काम भइरहेको बताए।

उनले जारी बैठकमा आरोप-प्रत्यारोप चलिरहेको र यस्तो आरोप जारी रहे जनता र कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै पार्टी पंक्तिलाई उनले सचेत गराए।

पार्टीको नेतृत्व र पदाधिकारी कमजोर भए कोही बलियो नहुने भन्दै खतिवडाले कसैलाई खेदेर पार्टी बलियो नहुने जिकिर गरे।

उनले भने, ‘आरजु देउवा होस् वा बालकृष्ण खाँण, चाहे मोहनबहादुर बस्नेत, रमेश लेखक जोसुकै होस्, कसैले कसैलाई खेदेर पार्टी बलियो हुँदैन, झन कमजोर हुन्छ,’ उनले थपे, ‘पार्टीमा गगन थापा कमजोर भए अरू को बलियो हुन्छ?’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्