उदयपुरको मालपोत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण – Kanika Khabar
Sunday, April 27Nepali News Portal

उदयपुरको मालपोत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन १६, उदयपुर
उदयरको मालपोत कार्यालय बोक्सेका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । सङ्क्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । मालपोत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायमा कोरोना सङ्क्रमण फैलिएकोले सवै सचेत हुनु पर्ने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्