दाङ,१० साउन ।
लेखक शोभाराम ओलीको नविनतम् कृति अटेलिस जोइ शनिबार घोराहीमा विमोचन गरिएको छ ।
बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त उपन्यास साउन २ गते कतारमा विमोचन भएको थियो भने यो ‘नेपाल विमोचन’ भएको प्रकाशन गृहले जनाएको छ ।
सूर्य बिसीको सभापतित्व तथा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले पुस्तकमा लेखकले निकै मेहनेत गरेको बताए ।
‘परदेशमा बसेर नेपाली साहित्यको चिन्ता गर्नु आफैमा महान कर्म हो । अटेलिस जोइ वास्तवमा राम्रो उपन्यास बनेको छ’,प्रमुख अतिथि देवकोटाले भने।
त्यस्तै समीक्षक सुनिल पोखरेलले पुस्तकको समग्र पक्षबारे प्रकाश पारेका थिए । उनको भनाई थियो, ‘उपन्यासमा रोल्पाका गाउँबेसी छन् । त्यहाँका पाखा पखेरुका कुरा छन् । अन्तरजातीय प्रेम कथा छ । द्वन्द्वका चित्रदेखि मरुभूमिका व्यथासम्म उपन्यासमा समाविष्ट गरिएको छ ।’
साहित्य र समाजसेवामा उत्तिकै सक्रिय लेखक शोभाराम ओलीको अटेलस जोइ छैठौँ पुस्तक रहेको प्रकाशक सूर्य बिसी बताए । कार्यक्रमको सहजीकरण मनिषा गिरीले गरेकी थिइन ।


