नाग पञ्चमी, गुरही र गुडिया पर्वमा तीन पालिकाद्वारा सार्वजनिक विदा – Kanika Khabar
Thursday, June 11Nepali News Portal

नाग पञ्चमी, गुरही र गुडिया पर्वमा तीन पालिकाद्वारा सार्वजनिक विदा

    मा प्रकाशित

घोराही,१२ साउन ।

दाङका तीन पालिकाले नाग पञ्चमी, गुरही र गुडिया पर्वका अवसरमा साउन १३ गते सार्वजनिक विदा दिएका छन् ।

लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले हिन्दू धर्मालम्बीहरूको नाग पञ्चमी, थारु समुदायको गुरही पर्व र मधेशी समुदायको गुडिया पर्वका अवसरमा मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।

पालिकाहरुले सोमवार सूचना प्रकाशित गर्दै नाग पञ्चमी, गुरही पर्व र गुडिया पर्वका अवसरमा सार्वजनिक विदा दिएका छन् । देउखुरी क्षेत्रमा थारु तथा यादव समुदायको बसोवास बढी रहेको र उक्त समुदायको पर्वका अवसरमा पालिकाले सार्वजनिक विदा दिएको पालिकाले जनाएका छन् ।

जिल्लामा दश वटा पालिका भएपनि अन्य पालिकाहरुले भने सार्वजनिक विदा दिएका छैनन् । देउखुरी क्षेत्रमा नाग पञ्चमीसँगै थारु समुदायले गुरही पर्व र मधेशी समुदायले गुडिया पर्व मनाउँदै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्