कोरोना संक्रमित बढेसंगै पुनः लकडाउन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोना संक्रमित बढेसंगै पुनः लकडाउन

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनः लकडाउन जारी गरिएको हो । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा हिजो २५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएकोमा आज मात्रै थप ४१ जनामा कोरोना पुष्टी भएको हो । हिजो र आज गरी वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नं. ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै केदारस्युँ गाउँपालिकामा मात्रै सङ्क्रमितको संख्या ६६ पुगेको छ । यस भन्दा अघि १६ जना भने निको भएर घर फर्कि सकेका छन् । सङ्क्रमितहरु भाडसैन, थापागाउँ, काँडाचौर, भामचौ, जसूडा लगायतका गाउँका रहेका छन् । क्वारेन्टाइनबाट घर गएपछि रिपोर्ट आएको हो । उनिहरुलाई १४ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर गाउँपालिकाले नै घर पठाएको थियो । घर गएकाहरु होमक्वारेन्टाइनमा बस्नुको समुदायमा घुलमिल भइसकेको स्थानीयको भनाई छ । सङ्क्रमितहरुलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैन र कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीमा राख्ने व्यवस्था मिलाइएको छ । यसरी प्रतिदिन सङ्क्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता तथा कार्यवाहक अध्यक्ष लोकेश बहादुर भण्डारीले जानकारी दिएका हुन । संक्रमण फैलिएका वडामा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गएको छ । प्रवक्ता भण्डारीका अनुसार वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सील गरीएको छ । साथै पालिका भरीका सबै वडाबाट एक वडा बाट अर्को वडामा जान पनि निषेश गरीएको छ । अति आवश्यक कामको लागि जानुपरेमा वडाको सिफारीस अनिवार्य गरीएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्