क्यानडाले लगायो पर्यटक आगमनमा रोक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

क्यानडाले लगायो पर्यटक आगमनमा रोक

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर क्यानेडा सरकारले पर्यटकको आगमनमा रोक लगाएको छ । क्यानेडाको विदेश मन्त्रालयले ३१ अगस्तसम्मका लागि पर्यटकको आगमनमा रोक लगाएको हो । साथै क्यानेडा सरकारले कोरोना सङ्क्रमणको बारेमा निगरानी गर्नका लागि सम्पर्क पत्ता लगाउने
मोबाइल एपपनि सार्वजनिक गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार अमेरिका बाहेक अन्य मुलुकका नागरिकले क्यानेडा प्रवेश गर्न पाउने छैनन् । क्यानेडामा यो साता कोरोना सङ्क्रमणको दरमा वृद्धि नभएपनि दोस्रो चरणको शंकटबाट जोगिनका लागि सरकारले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको हो । क्यानेडामा हालसम्म एक लाख १६ हजारभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भएका छन् भने ८ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्