उपसचिव प्रेम सञ्जेललाई कार्यकक्षमै कुटपिट – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उपसचिव प्रेम सञ्जेललाई कार्यकक्षमै कुटपिट

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ ।
भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि शनिबार कार्यकक्षमै कुटपिट भएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।
उनीहरु दुबै करारका कर्मचारी हुन् ।
सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।
कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकमे बताए ।
प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्