भासियो राजमार्ग – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भासियो राजमार्ग

    मा प्रकाशित

कनिका खवर
साउन १८, दाङ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएको छ । सडक भासिए पछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।
प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।
मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए ।
यस्तै तिनाउ–३ झुम्सामा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ । दुई स्थानमा सडक भासिएपछि यो सडक खण्ड भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन आइतबार बिहानदेखि काम शुरु हुने भएकाले केही घण्टा समय लाग्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्