दाङमा बृहत् रक्तदान अभियान हुँदै, एक लाख रगत सङ्कलन गर्ने लक्ष्य – Kanika Khabar
Sunday, October 5Nepali News Portal

दाङमा बृहत् रक्तदान अभियान हुँदै, एक लाख रगत सङ्कलन गर्ने लक्ष्य

    मा प्रकाशित

घोराही,३१ साउन ।

विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय, राप्तीक्षेत्र घोराहीले दाङमा बृहद रक्तदान अभियान सञ्चालन गर्ने भएको छ ।

‘१०० घण्टामा १ लाख रगत सङ्कलन’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानअन्तर्गत विभिन्न दिन र स्थानमा रक्तदान कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

कार्यक्रमअन्तर्गत २०८२ साल भदौ ६ गते शुक्रबार बिहान ७ बजेदेखि २ बजेसम्म घोराही शाखामा, त्यही दिन दिउँसो ३ बजेदेखि घोराही सिमेन्ट गोग्लीमा रक्तदान हुने छ । भदौ ७ गते शनिबार बिहान ७ बजेदेखि २ बजेसम्म सिद्ध रतननाथ माध्यमिक विद्यालय नारायणपुरमा कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी भदौ ८ गते आइतबार बिहान ७ बजेदेखि १ बजेसम्म तुलसीपुर शाखामा तथा बिहान ८ बजेदेखि यातायात व्यवसायी समिति, बसपार्कमा रक्तदान हुने जनाइएको छ ।

आयोजक संस्थाले अभियानमा दाङका सर्वसाधारण, संघ–संस्था, विद्यार्थी र व्यवसायीलाई सहभागी भई मानवीय सेवामा हातेमालो गर्न आह्वान गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्