किताब किन पढ्ने अभियानको चौथो श्रृङ्खला गिठेपानी स्कुलमा – Kanika Khabar
Sunday, October 5Nepali News Portal

किताब किन पढ्ने अभियानको चौथो श्रृङ्खला गिठेपानी स्कुलमा

    मा प्रकाशित

साउन ३१, घोराही ।
अध्ययन मञ्च दाङले सुरु गरेको किताब किन पढ्ने अभियानको चौथो शृङखला शुक्रबार घोराहीमा सम्पन्न भएको छ । घोराही–१८ स्थित श्री गिठेपानी आधारभूत विद्यालयमा आयोजित उक्त कार्यक्रममा अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले विद्यार्थीहरुमाझ आफ्‌नो प्रस्तुति दिनुभएको थियो ।

‘विद्यार्थीलाई ग्रेड ल्याउनका लागि मात्र प्रोत्साहन गरियो तर एउटा असल मान्छे बन्नुपर्छ भन्नेतर्फ राम्रोसँग ध्यान दिइएन । तसर्थ अध्ययन मञ्च दाङ पठन संस्कृतिमा सुधार ल्याउन र समाजका लागि असल नागरिक बन्न अभिप्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिरहेको छ ।’ मञ्चका संयोजक बिसीको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईले कार्यक्रममा बालबालिका उत्साहित बनेको र यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने प्रतिक्रिया दिनुभयो । कक्षा पाँचदेखि आठसम्मका विद्यार्थी सहभागी रहेको उहाँले बताउनुभयो । ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्