आलमलाई राखिएको ‘सिआरसी ब्लक’मा राखियो रविलाई – Kanika Khabar
Sunday, October 5Nepali News Portal

आलमलाई राखिएको ‘सिआरसी ब्लक’मा राखियो रविलाई

    मा प्रकाशित

काठमाडौँ । भैरहवा कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएका रास्वपा सभापति रवि लामिछानेलाई कारागारको ‘सीआरसी’ ब्लकमा राखिएको छ।

कारागार स्रोतका अनुसार, करिब चार सय कैदीबन्दी राखिएको सो ब्लकमा रविलाई छुट्टै कोठामा राख्ने तयारी गरिएको छ। जसको व्यवस्थापन कारागारको आन्तरिक प्रशासनले गरेको हो। आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन्।

कारागार स्रोतका अनुसार विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि सोही ब्लकमा राखिएको थियो। हाल उनी उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त भइसकेका छन्।

गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि १४ जेठमा नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।

१६ जेठमा अदालतले समेत कारागार सरुवाका लागि अनुमति दिएपनि गृहमन्त्रीको निर्देशनमा उनको स्थानान्तरण रोकिएको थियो। तर, गत हप्ता मानवअधिकार आयोगको टोलीको रुपन्देही कारागार भ्रमणपछि लामिछानेलाई कारागार सरुवा गर्न गृह प्रशासन बाध्य भएको हो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका गत लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए। अब लामिछाने अर्को फैसला नहुँदासम्म नख्खु कारागारमै रहनेछन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्