भारतीय विदेश सचिव आउँदै – Kanika Khabar
Sunday, October 5Nepali News Portal

भारतीय विदेश सचिव आउँदै

    मा प्रकाशित

काठमाडौँ ।  भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन्। भारतीय वायु सेनाको बिमानबाट आज दिउँसो १ बजे उनी त्रिभुवन विमानस्थलमा ओर्लिनेछन्।

विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको हो। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम  छ।

विदेश सचिव मिश्री प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो पनि दिनेछन्। र त्यसको तयारीका बारेमा पनि जानकारी लिनेछन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्