आज तीन संसदीय समितिको बैठक बस्दै – Kanika Khabar
Sunday, October 5Nepali News Portal

आज तीन संसदीय समितिको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्।दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ।

यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्