दाङ, २ भदौ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार ११ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उनले दिएको राजीनामा स्वीकृत भएको हो ।
नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र आज सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।
एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पार्टीको नीति विपरीत कार्य गरेको भन्दै वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा कारबाही गरेको थियो । राजीनामा स्वीकृतसँगै शाह पदमुक्त भएका छन् ।
उनको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
शाहले पछिल्लो चरणमा आफस्ले राम्रा काम गर्दै गएपछि आत्तिएर राजीनामा स्वीकृत गरेको बताएका छन् । कनिका खबरसँगको टेलिफोनवार्तामा शाहले भने, ‘पछल्लो समयमा म सामाजिक काममका सक्रिय रहेको छु । मैले आफ्नो वडामात्र नभई घोराही उपमहानगरपालिकाका विभिन्न वडामा रहेका समस्या समाधानका लागि सत्रिय रहदँ आएको छु । मैले गरेका राम्रा कामहरुबाट आत्तिए्र दुई वर्ष पहिलेको मेरो राजीनामा आज स्वीकृत गरिएको छ । यो समाजमा राम्रा काम गरेको मन नपराउनेहरूको निर्णय हो ।’
कार्यपालिकाको बैठकको निर्णयपश्चात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । शाहको स्टाटस अनुसार मेयर नरुलाल चौधरीसँग नोकझोकसमेत परेको बुझिन्छ ।