गर्मी छल्न सेती नदीमा गएका दुई स्वास्थ्यकर्मी वेपत्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

गर्मी छल्न सेती नदीमा गएका दुई स्वास्थ्यकर्मी वेपत्ता

    मा प्रकाशित

कनिका खवर
साउन १८, डडेलधुरा
डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन् । डोटीको शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान गएका उनीहरू फर्किने क्रममा नुहाउन सेती नदीमा गएका थिए । गर्मी छल्न सेती नदीमा हाम फाल्दा उनीहरू बगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । १ जनाको भने सकुशल उद्धार गरिएको छ । डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट विनयबहादुर सिंह र ल्याब सुपरिटेनडेन्ट हरि जोशी बेपत्ता भएका हुन् ।

अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको उद्धार गरिएको छ । बेपत्ता भएकाहरूको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोली, पिपल्ला, तितताली, चमराचौतारा, वाइल र तल्कोटबाट प्रहरीको टोली खोजी कार्यमा खटिएको छ । शिखर नगरपालिका १० गहनान भन्ने ठाउँबाट दिउँसो सवा २ बजेतिर सेतीले बगाएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्