उपत्यकामा ३१ सहित नेपालभर थप २४६ जनामा कोरोना संक्रमण – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

उपत्यकामा ३१ सहित नेपालभर थप २४६ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
साउन १८, दाङ

मुलुकभर थप दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा मन्त्रालयले पछिल्लो २४ घन्टामा दुइ सय ४६ जना सङ्क्रमित फेला परेको जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना सङक्रमित थपिएका छन् । २४ घन्टामा एक सय ११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६ सय तीन जना कोरोना सङक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा आठ हजार आठ सय ६१ परीक्षण गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिकाका ६८ वर्षका महिलाको हिजो मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । उहाँका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएका ती महिलालाई १७ गते हिजो नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्