निजी विद्यालयकाे याेगदानकाे अवमूल्यन भयाे : निजी विद्यालय – Kanika Khabar
Saturday, September 13Nepali News Portal

निजी विद्यालयकाे याेगदानकाे अवमूल्यन भयाे : निजी विद्यालय

    मा प्रकाशित

दाङ, १८ भदाै ।

निजी विद्यालयले शिक्षाकाे क्षेत्रमा पुर्‍याएकाे याेगदानकाे सरकारले अवमूल्यन गरेकाे एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । आज बुधबार दाङकाे घाेराहीमा निजी विद्यालयका छाता सङ्गठनहरूद्वारा आयाेजित खबरदारी सभालाई सम्बाेधन गर्दै वक्ताहरूले सरकारले निजी विद्यालयहरूकाे याेगदानकाे अवमूल्यन गरेकाे बताएका हुन् ।

विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै प्याब्सन दाङ, एन प्याब्सन दाङ र हिसान दाङले संयुक्त रूपमा बिराेध र्‍याली तथा खबरदारी सभा सम्पन्न गरेका छन् ।

सभालाई सम्बाेधन गर्दै एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले निजी विद्यालयमाथि सरकारले न्याय दिन नसकेकाे बताएका हुन् । शर्माले नेपालकाे शिक्षा क्षेत्रमा निजी विद्यालयकाे महत्त्वपूर्ण याेगदान रहेकाे बताए ।

प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले खबरदारी सभालाई सम्बाेधन गर्दै निजी विद्यालयकाे याेगदानकाे अवमूल्यन भएकाे बताए । सरकारले निजी विद्यालयप्रति साैतेलाे व्यवहार गरेकाे अधिकारीले बताए ।

हिसान दाङका सचिव विष्णु देवकाेटाले सरकार ल्याउन थालेकाे विधेयक विभेदकारी रहेकाे बताए ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता भएकाे खबरदारी सभाकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

पूर्वमन्त्री गिरीलाई ज्ञापनपत्र
यसैबिच प्याब्सन, एन प्याब्सन र हिसान दाङले संयुक्तरूपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसका नेता गिरीले ज्ञापनपत्र बुझ्दै निजी विद्यालयका माग जायज रहेकाे बताए । निजी विद्यालयले राखेका माग सम्बाेधन गर्न आफू सकारात्मक रहेकाे नेता गिरीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्