वर्खायाम सुरु भएसंगै बाजुरामा दैनिक उपभोग्य सामग्रीको अभाव – Kanika Khabar
Thursday, March 28Nepali News Portal

वर्खायाम सुरु भएसंगै बाजुरामा दैनिक उपभोग्य सामग्रीको अभाव

    मा प्रकाशित

कनिका खबर
साउन १८, बाजुरा
बाजुरामा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । वर्खायाम सुरु भए संगै बाजुरामा दैनिक उपभोग्य साग्रीको हाहाकार हुन थालेको व्यापारीले बताएका हुन् । वर्षाले सडक बिग्रिएका कारण सामान ढुवानी हुन नसक्दा कोल्टीमा अहिले चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यस वर्ष अत्याधिक मात्रामा वर्षा भएका कारण पक्की तथा कच्ची सडक भासिदा सामान ढुवानी गर्न समस्या भएकाले बाजुराका मार्तडी, कोल्टी, पीलुचौर र धुलाचौर लगायतका बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको व्यवसायीको भनाइ छ । अविरल वर्षाले अछामको साँझेबगर, बाजुराको सदरमुका मार्तडी सडक खण्ड र कोल्टी मार्तडी सडक खण्डको ठाँउ–ठाउँमा पहिरो जादाँ सामान ढुवानीमा समस्या भएको ब्यवसायी अग्नीराज शाहीले बताउनुभयो । यस वर्ष मनसुन पनि चाँडै सक्रिय भई अत्याधिक वर्षा भएकाले खोला नालामा पानीको सतह वढेर गाडी आवत जावत नहुदाँ समस्या भएको हो । पहिले बन्दाबन्दी हुदाँ सामान ढुवानी गर्न समस्या, भएको र अहिले वर्खायाम सुरु भएपछि सामान ढुवानी गर्न नपाएकाले सामानको अभाव भएको ब्यवसायी शाहीले बताउनुभयो । वाढी र वर्षाले मार्तडीको बाउली खोला र कोल्टीको दानशाँगु खोलामा पानीको वहाव वढेको र कोल्टी मार्तडी कच्ची सडकको विच–विचमा पहिरो गएकाले गाडी आवत जावत हुन सकिरहेको छैन् । करीव एक महिनादेखि वन्द रहेको सडक सञ्चालनमा नआउँदा पैदलयात्री तथा सामान ढुवानी गर्ने ब्यवसायीलाई कठिन भैरहेको छ । भत्कीएको सडक मर्मतमा स्थानीय निकायले कुनै पहल नगरेकोप्रति स्थानीयले गुनासो गरेका छन् । व्यवसायीले दैनिक उपभोग्य वस्तु, लगायत अत्यावश्यकका सामग्री हवाई यातायात मार्फत ढुवानी भएको भन्दै बाजुरामा सामानको मुल्य पनि बढेको छ । कोल्टीमा चिनी, तेल, चाउचाउ, लगायतका दैनिक उपभोग्य वस्तुकोे मुल्य महंगीएपछि उपभोक्ता मर्कामा परेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्