लम्जुङमा सहिद परिवार भेट्दै र विद्यालय अवलोकन गर्दै अध्यक्ष प्रचण्ड – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

लम्जुङमा सहिद परिवार भेट्दै र विद्यालय अवलोकन गर्दै अध्यक्ष प्रचण्ड

    मा प्रकाशित

लम्जुङ, भदौ २२।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गर्नुभयो।

यस क्रममा उहाँले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उहाँले विद्यालयप्रति चासो व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दा को सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्